लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु « Khabarhub

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट पारेका छन्। उनले इजरायली सेनाले  हिजबुल्लाह का ठिकानामा आक्रमण जारी राखेको बताएका छन्।

प्रधानमन्त्री कार्यालयद्वारा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहूले उत्तरी इजरायलका बासिन्दालाई सम्बोधन गर्दै भने, ‘लेबनानमा कुनै सङ्घर्षविराम लागू छैन। हामी पूर्ण शक्तिका साथ हिजबुल्लामाथि आक्रमण गरिरहेका छौं र तपाईंहरूको सुरक्षा सुनिश्चित नभएसम्म रोकिने छैनौँ।’

यसअघि उनले आफ्नो मन्त्रिमण्डललाई लेबनानसँग वार्ता अघि बढाउन निर्देशन दिएको पनि बताएका थिए। नेतन्याहुका अनुसार लेबनानतर्फबाट पटक–पटक गरिएको प्रत्यक्ष वार्ताको प्रस्तावलाई ध्यानमा राख्दै सरकारलाई यथाशीघ्र वार्ता सुरु गर्न भनिएको हो।

उनले लेबनानका प्रधानमन्त्रीद्वारा ‘बेरूतको निरस्त्रीकरण’ सम्बन्धी अपीलको प्रशंसा गर्दै सम्भावित वार्ता हिजबुल्लालाई हतियार त्याग गराउने र इजरायल–लेबनानबीच दीर्घकालीन शान्तिपूर्ण सम्बन्ध स्थापना गर्ने विषयमा केन्द्रित हुने बताएका छन्।

हाल इजरायल र लेबनानबीच तनाव उच्च अवस्थामा रहेको छ र सीमावर्ती क्षेत्रमा आक्रमण–प्रतिआक्रमण जारी छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ३७ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का