प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक « Khabarhub

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि १३ दिनको हिरासत मुक्त भएका लेखकले शुक्रबार एक वक्तव्य जारी गर्दै न्यायको पक्षमा उभिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, “आयोगको पूर्वाग्रही र प्रतिशोधपूर्ण प्रतिवेदनका आधारमा मलाई नियन्त्रणमा लिइए पनि अन्ततः सम्मानित सर्वोच्च अदालतको आदेशले म रिहा भएको छु ।”

लेखकले आफू सधैँ कानुनको पालना गर्ने र न्यायमा विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै यस घटनासँग जोडिएका बाँकी कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दलका नेता, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूलाई धन्यवादसमेत दिएका छन् ।

भदौको घटनालाई लिएर सरकारले गठन गरेको आयोगले बुझाएको प्रतिवेदन विवादित बन्दै आएको छ । सोही प्रतिवेदनका आधारमा पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएपछि प्रमुख प्रतिपक्षी दललगायतले सरकारको चर्को आलोचना गर्दै आएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ५४ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई