घरमै बसेर फेसबुकबाट यसरी कमाउन सकिन्छ पैसा ! « Khabarhub

घरमै बसेर फेसबुकबाट यसरी कमाउन सकिन्छ पैसा !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सामाजिक सञ्जाल ट्युट्युव तथा फेसबुकबाट पैसा कमाउन सकिन्छ भन्ने कुरा सवैलाई थाहा छ । तर कसरी पैसा कमाइन्छ भन्ने सवैलाई जानकारी हुँदैन ।

फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो । यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन्। त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ।

साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरी प्रचार प्रसार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।

तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकले नै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।

कसरी सहभागी हुने फेसबुकको अडियन्स नेटवर्कमा?

फेसबुको अडियनस नेटवर्कमा सहभागी हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एस्स डाउनलोड गरि हरेक दिन चलाउन्।

यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो।

जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्। तपाईँसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यो सजिलो पनि छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।

कसरी बनाउने इन्सटेन्ट आर्टिकल

https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ।

अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँ आफ्नो वेवसाइट वा व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् वेवसाइट वा व्लगर मा राख्नुपर्छ ।

तपाइले शुरुमा १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ।

फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ। १०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईँको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : १५ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।