उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ « Khabarhub

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रको गुनासो : नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै फरक रहेछ


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलबीच कुनै फरक नभएको बताएका छन् ।

उपसभामुख चयनका लागि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले नयाँ र पुराना दलको विचारको नाभी एउटै रहेको पनि बताएका छन्। उनले नयाँ र पुराना दलबीच साइनबोर्ड मात्रै अलग रहेको उल्लेख गरे ।

उनले अहिलेको संसद्मा बलियो प्रतिपक्षका रुपमा राप्रपा मात्रै रहेको पनि बताए । सम्बोधनका क्रममा शाहीले उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आश्वासन दिएकैले उम्मेदवारी दिएको खुलाए ।

‘अहिलेको सबैभन्दा ठूलो दलबाट सहयोगको आश्वासनसहितको प्रस्ताव आएकाले पुराना दल र परिवर्तन खोज्ने दलबीचको ध्रुवीकरण ख्याल गरेर उम्मेदवारी दिएका थियौँ। उपसभामुखको निर्वाचनबारे अरू प्रतिपक्षीले राप्रपालाई बेवास्ता गरेर छलफल गरे’, उनले भने, ‘तर हामीलाई रास्वपा सभापतिले सघाउने आश्वासन दिएकाले सर्वसम्मत निर्णय गरेर उपसभामुखमा उम्मेदवारी दिएका थियौँ।’

उनले अब उपसभामुखको उम्मेदवारीसँगै नेपालको राजनीतिमा कित्ताकाट भइसकेको दाबी गरे । ‘पुराना भनिएका दल र नयाँ दलका साइनबोर्ड मात्रै फरक फरक रहेछन् । तर उनीहरूबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँ रहेछ’, उनले भने, ‘अहिले देशले मौलिक र नयाँ व्यवस्था खोजिरहेको छ । यो आयात गरिएको व्यवस्थाले समाधान दिँदैन। अब बल्ल कित्ताकाट भएको छ।’

शाहीले उपसभामुखमा उम्मेदवारी एक थान पदका लागि मात्रै नभएको पनि जिकिर गरेका छन् । ‘आयातित व्यवस्था मान्ने र विदेशीको गोटी हुने प्रवृत्तिविरुद्ध र पृथ्वीनारायणको दिव्योपदेशलाई शिरमा धारण गर्दै राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महाअभियानबीचको स्पष्ट अन्तर देखाउन यो परीक्षा थियो। त्यो परीक्षामा सहभागी भएर सफल भयौँ।’

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ४ : ५४ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले