ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर « Khabarhub

ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर रापतापमा नायक विराज भट्टले साइन गरेको फिल्म ‘राम नाम सत्य’ शुक्रबारबाट हलमा लागेको छ ।

नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले शुक्रबारका लागि १५० भन्दा बढी शो पाएको थियो । सोलो रिलिज भएको यस फिल्मलाई हलमा दर्शक तान्न थप सहज छ । हलमा यो एक मात्रै फिल्म हो । चर्चामा रहेका विदेशी फिल्म पनि हलमा छैनन् ।

तर, ‘राम नाम सत्य’को ओपनिङ कमालको छैन । दुई-चार हल हाउसफुल भए अन्यमा अकुपेन्सी कमजोर नै देखिन्छ । ठूलो ओपनिङ कलेक्सन हुने संकेत छैन ।

दोस्रो दिन शनिबारका लागि हलहरूले २०० भन्दा बढी शो छुट्याएका छन् । सार्वजनिक बिदाको दिन पनि यो फिल्मको बुकिङ उत्साहजनक छैन ।

शुक्रबार साँझसम्मको व्यापार-बुकिङ र शनिबारको बुकिङ हेर्दा यो फिल्म हिट हुन ‘माउथ पब्लिसिटी’को आवश्यक पर्ने देखिन्छ ।

अर्थात, शुक्रबार र शनिबारका दर्शकले दिने ‘पोजेटिभ वर्ड अफ माउथ’का कारण यो फिल्मको व्यापार निर्धारण हुने देखिन्छ ।

ओपनिङ कमजोर हुनुलाई फिल्मको प्रचार सामग्रीले तान्न सकेन भन्ने बुझ्न सकिन्छ । तर, दर्शकले मन पराउने फिल्मको प्रचार सामाग्री पनि कमजोर हुन सक्छन् ।

आइतबार र सोमबारदेखि दर्शकको सङ्ख्या बढेर हिट भएका फिल्महरू पनि छन् । यो कुरा ‘राम नाम सत्य’को हकमा लागु हुने सम्भावना उत्तिकै छ ।

तथापि, फिल्मको कमजोर व्यापार विराज भट्टले आफ्नो स्टारडम ओपनिङमा देखाउन भने नसकेको प्रष्ट पारेको छ ।

यस फिल्ममा नायक विराज भट्टका साथमा नायक सुशील श्रेष्ठ, नायिकाहरू सुपुष्पा भट्ट र दिव्या रायमाझी छन् । माइकल चन्दको निर्देशनमा फिल्म बनेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३८ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको