यो वर्षका शीर्ष तीन हिट फिल्मभन्दा ‘पूर्णबहादुरको सारङ्गी’को व्यापार बढी « Khabarhub

यो वर्षका शीर्ष तीन हिट फिल्मभन्दा ‘पूर्णबहादुरको सारङ्गी’को व्यापार बढी


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुन फिल्मलाई हिट मान्ने ? यसको स्पष्ट जवाफ कसैसँग छैन र हुँदैन पनि ।

१० करोड लगानी भएको फिल्मले १० करोड नै ग्रस कलेक्सन गरे हिट मान्ने कि नमान्ने ? लगानी नै सुरक्षित नगरेको फिल्मलाई कसरी हिट मान्नु ?

कुन फिल्म कतिमा बन्छ भन्ने निश्चित हुँदैन । सोही कारण हिटको मापन गर्न गाह्रै छ ।

तथापि, नेपालमा ७ करोडमाथि ग्रस कलेक्सन गर्नेलाई हिट मान्ने गरिन्छ । औषतमा नेपाली फिल्म २ करोड लगानीमा बन्छन् । सोहीकारण ७ करोड आँकडा पार गर्नेलाई हिट मानिएको हो ।

यसैलाई आधार मान्दा ०८२ सालमा ‘परान’, ‘आबाट आमा’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’ व्यापारिक रुपमा सफल ठहरिए ।

शीर्ष तीन हिट फिल्महरू चाहिँ ‘परान’, ‘आबाट आमा’ र ‘जेरी अनटप’ हुन् ।

चलचित्र विकास बोर्डका अनुसार ‘परान’को १७ करोड ७६ लाख, ‘आबाट आमा’को १३ करोड १३ लाख र ‘जेरी अन टप’को व्यापार १२ करोड २८ लाख छ ।

यी तीनको व्यापार जोड्दा ४३ करोड १७ लाख हुन्छ । यो रकम गत वर्ष प्रदर्शनमा आएको एक फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को व्यापारभन्दा कम हो ।

उक्त फिल्मले ४६ करोड ७३ लाख ग्रस कलेक्सन गरेको थियो । यो वर्षका शीर्ष तीन फिल्मको व्यापारभन्दा तीन करोड ५६ लाखले बढी ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३६ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको