शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा « Khabarhub

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध अन्त्यका लागि इरानी र अमेरिकी उच्च अधिकारीहरुको टोली पाकिस्तानको इस्लामाबाद पुगेको छ ।

उच्च स्तरीय शान्ति वार्ताका लागि इरानको तर्फबाट संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची इस्लामाबाद पुगेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले आफ्ना प्रतिनिधिहरू वार्ता स्थल पुगिसकेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली पनि इस्लामाबाद पुगेकाे छ । इरानपछि अमेरिकाका वार्ताकारहरू इस्लामाबाद पुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि प्रस्थान गरेको अमेरिकी टोलीलाई सफलताको शुभकामना दिएका छन् । टोलीको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू वार्ताका लागि उत्साहित रहेको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ११ : ५० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली