पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल « Khabarhub

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन गाउँतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भीटोफ) को अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्।

 उनले भने, ‘पर्यटनलाई राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने गाउँ केन्द्रित रणनीति आवश्यक छ ।’ 

ग्रामीण पर्यटनको सम्भावना हुँदाहुँदै पूर्वाधार अभाव, दक्ष जनशक्तिको कमी, बजार पहुँच सीमितता र प्रभावकारी प्रचारको अभावका कारण अपेक्षित विकास हुन नसकेको जनाउँदै उनले सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य र सुरक्षाजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

पर्यटनमैत्री कानुनी संरचना निर्माण, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय र दीर्घकालीन नीति निर्माणको आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : २२ बजे

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको