आज २०८२ साल चैत २९ गते आइबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख  कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ अप्रिल १२ तारिख।  अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मनमा खटपटी बढ्नेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। आम्दानीका दृष्टिले विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा शुभ संकेत देखिए पनि लगानीमा विवाद हुनेछ।

वृष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। खर्च कटौती गर्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट शिक्षामा प्रगति हुनेछ। व्यापारमा अगाडि बढ्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट :सोचेको काम बन्नेछ। परिवारसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। औषधी नियमित नगर्दा रोगले सताउने छ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ।

सिंह :आम्दानीको क्षेत्रबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विश्वास गरेर अगाडि बढ्नु उचित हुनेछ।

कन्या :सोचेको काम बन्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

तुला :श्रमको उचित मूल्य नपाएर मनमा असन्तुष्टि पैदा हुनेछ। उपलब्धिका लागि प्राविधिक क्षेत्रमा गहिरो अध्ययन गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

वृश्चिक :आज जोगिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : राज्यमा गरेको सेवाको कदर हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा गरेको काम सफल बन्नेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

मकर : लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ। बन्धु र साथीभाइको साथमा काम बन्नेछ। जनताका लागि महत्त्वपूर्ण काम गर्ने अवसर मिल्नेछ। साथीसँग विवाद नगर्नु राम्रो हुनेछ।

कुम्भ : सोचेको काम नबन्ने जोखिम छ। लगानी गर्नु भन्दा नियमित कामलाई निरन्तरता दिनुपर्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्ने जोखिम छ। विपक्षी साथीले भने सहयोग गर्ने योग छ। जुनसुकै काम गर्दा पनि परिवारको सल्लाह लिनु उचित हुनेछ।

मीन :मनमा हर्ष बढ्नेछ। व्यापारमा मन आकर्षित हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ११ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन