छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात « Khabarhub

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुआत गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा भारतको रिभर दी स्पोर्टिङ क्लब सिक्किमलाई २–० गोलअन्तरले हराउँदै आयोजक कटारीले विजयी सुरुवात गरेको हो ।

खेलमा कटारीका लागि पहिलो हाफको सात मिनेटमा निराजन सुनुवारले गोल गर्दै कटारीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पाँच मिनेटमा कटारीका क्याप्टेन प्रताप राईले गोल गर्दै कटारीका लागि गोल सङ्ख्या दुई पुर्याएका हुन् । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दी म्याच कटारीका क्याप्टेन राई घोषित भएका छन् । उनलाई नगद पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरिएको थियो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको विजेताले नगद पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले नगद तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

आठ वटा टिम सहभागी प्रतियोगिता आगामी ५ वैशाखमा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष दीपक राईले बताएका छन् । प्रतियोगितामा आज जष्ट जोह्रन एफसी नाइजेरिया र हेटौँडा फुटबल क्लब मकवानपुरले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ४८ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान