एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू)  « Khabarhub

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको छ । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना गरिएको सो कार्यक्रममा २० जना भन्दा बढी लिम्ब लेस व्यक्तिहरूको सहभागिता रहेको थियो । 

‘साइडलाइनबाट स्पटलाइटसम्म’ नारा दिइएको सो कार्यक्रम केवल फेसन शो मात्र नभई आत्मविश्वास, क्षमता र पहिचान झल्काउने प्लेटफर्मको रूपमा रहेको आयोजकले जानकारी दिएको छ ।

सो कार्यक्रममा सहभागीलाई दुई सातासम्म विभिन्न प्रशिक्षण, ग्रुमिङ र व्यक्तित्व विकासका कार्यक्रममार्फत तयार गरिएको थियो ।

कार्यक्रममा कृत्रिम हातखुट्टा (प्रोस्थेटिक) प्रयोग गर्ने व्यक्तिहरूको हेरचाह र व्यवस्थापनबारे पनि जानकारी दिएको थियो । साथै, सहभागीहरूले आफ्नो प्रतिभा, आत्मबल र संघर्ष प्रस्तुत गरेका थिए ।

विश्वभर अप्रिललाई ‘लिम्ब लस अवेयरनेस मन्थ’का रूपमा मनाइने भएकाले यस कार्यक्रममार्फत सचेतना फैलाउने उद्देश्य रहेको छ । सो कार्यक्रममा  विभिन्न पेशा र पृष्ठभूमिका महिला, पुरुष तथा अन्य सहभागीहरू रनवेमा प्रस्तुत गरेका थिए ।

आयोजकका अनुसार सौन्दर्य पूर्ण शरीरमा मात्र सीमित नभई आत्मविश्वास, संघर्ष र पहिचानमा निहित हुन्छ। रनवेमा सहभागीहरूले डिजाइनर पहिरनसँगै आफ्नो प्रोस्थेटिकलाई कमजोरी होइन, आफ्नो शक्ति र पहिचानका रूपमा प्रस्तुत गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १ : १० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच