दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह « Khabarhub

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको अवस्थामा आइबार पनि स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको छ।

मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएको सन्दर्भमा बिरामीलाई असहजता नहोस् भन्ने उद्देश्यले मन्त्रालयले अस्पतालहरूलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो।

उक्त अनुरोधअनुसार अधिकांश अस्पतालहरूले सेवा सञ्चालन गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालहरूबाट आएका चासोप्रति आफू पूर्ण रूपमा जानकार रहेको जनाउँदै ती विषय सम्बोधन गर्न सकारात्मक रहेको जनाएको छ।

‘स्वास्थ्य सेवा अत्यावश्यक र निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्छ’ भन्नेमा मन्त्रालयले जोड दिएको छ।

यसै सन्दर्भमा सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि छिट्टै तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

कार्यविधि तयार नहुँदासम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा सेवा निरन्तर राख्न अस्पतालहरूलाई अनुरोध गरिएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्यकर्मीको विश्राम अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ४१ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी