देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई « Khabarhub

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ पुगेर उनले स्थानीय उद्योगबाट निस्किने दूषित पानीको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्।

स्थानीय बासिन्दाले उद्योगबाट निस्किएको फोहोर पानीका कारण मानव स्वास्थ्य तथा वन्यजन्तुमा असर परेको गुनासो गरेका छन् । उनीहरूले त्यसलाई रोक्नका लागि गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।

आइतबार सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको थियो।

त्यसपछि गृहमन्त्री गुरुङले स्थानीयसँग संवाद गर्दै उद्योगबाट बग्ने दूषित पानीको नाला र उक्त पानी नारायणीदीमा मिसिने स्थानको पनि निरीक्षण गरे।

दूषित पानीका कारण नवलपुरमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री गुरुङलाई ध्यानाकर्षण गराएका छन्।

विभिन्न उद्योगबाट आएको दूषित पानी खोलामा मिसिँदा त्यसैलाई जनावरले पिउँदा मृत भेटिएको स्थानीयबासीले गुनासो गरेका छन्। दूषित पानी निस्किने उक्त औद्योगिक क्षेत्रको पिन गृहमन्त्री गुरुङले अवलोकन गरे।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ५३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम