घुर्ने बानीबाट हैरान हुनुहुन्छ ? छुटकारा पाउन यसो गुर्नहोस् | Khabarhub Khabarhub

घुर्ने बानीबाट हैरान हुनुहुन्छ ? छुटकारा पाउन यसो गुर्नहोस्


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मान्छेको एउटै बानी हुँदैन । तर यस्ता अधिकांश बानी समान खाल्का हुन्छन् । अधिकांश मानिससँग मिल्ने बानी सुत्दा घुर्नु पनि हो ।

घुर्ने बानी भएकाहरुसँग सँगै सुत्ने अर्को व्यक्तिलाई उसको घुराईले असर गरिरहेको हुन्छ । यस्तो बानीले पार्टनरको निद्रा बिथोलिन सक्छ ।

बढी थकान वा बन्द नाक हुँदा पनि मानिसहरु निद्रामा घुर्ने गर्दछन् । यस्तो अवस्थामा घुर्ने व्यक्तिसँगै सुत्ने व्यक्तिको निद्रा नै खलबलिन पुग्छद । तर अब भने यो समस्याबाट छुटकारा पाउनका लागि धेरै पर जानै पर्दैन । तपाईं किचनसम्म पुगे हुन्छ ।

यदि तपाईं पनि यो समस्याबाट पीडित हुनुहुन्छ र छुट्टी चाहनुहुन्छ भने तल बताइएको कुरालाई प्रयोगमा ल्याउनुहोस् । यसले एक हप्तामा नै तपाईंको घुर्ने समस्यामा राहत पुग्दछ ।

१. एक कप मनतातो पानीमा एक चम्चा बेसार र मह मिलाएर राम्ररी घोल्नुहोस् । प्रत्येक रात सुत्नुभन्दा अघि यसलाई पिउनुहोस् र यसले केही दिनमा नै असर गर्न सुरु गर्दछ ।

२. प्रत्येक सुत्नु पूर्व मनतातो पानीमा इलायची वा यसको धुलो मिलाएर पिउनुहोस् । यसले पनि निद्रामा घुर्ने बानीलाई दूर गर्न मद्दत गर्दछ ।

३. बेसारलाई धेरैजसो समस्याको रामवाण मानिन्छ । प्रत्येक रात सुत्नुभन्दा अघि दूधमा बेसार मिलाएर पिउँदा पनि घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

४. सुत्नुअघि मनतातो पानीमा पुदिनाको तेलको केही थोपा राखेर कुल्ला गर्नुहोस् । यसो गर्दा नाक बन्द भएको ठीक हुन्छ र सास लिन पनि सहज हुन्छ ।

तर माथिका यी उपाय अपनाउँदा पनि निद्रमा घुर्ने बानी हटेन भने चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

के कारण घुर्छन् मानिस ?

यसबारे अध्ययन गर्दै जादाँ त घुर्ने समस्या भनेको त मानिसमा देखापर्ने अन्य समस्याहरु खुट्टा गनाउने, धेरै पसिना आउने, एलर्जी आदि जस्तै रहेछ । यस्तो समस्या केही मानिसलाई मात्र हुन्छ । करिब २० प्रतिशत मानिसहरुमा यो समस्या देखिँदो रहेछ ।

यदि सास फेर्दा हावा स्वतन्त्र रुपमा चल्न पाएन भने मानिस घुर्न थाल्छ । घुर्ने समस्या हाम्रो शरीरकै अंगसँग सम्बन्धित छ । हाम्रो घाँटी पछाडि रहेको एउटा कमलो टिस्यु (मासुको डल्लो)को कारणले गर्दा यो समस्या देखापर्छ । यही टिस्युकै मद्दतले हामी कुल्ला गर्न, निल्न र विभिन्न आवाज निकालेर बोल्न सक्छौँ ।

कुनै पनि कारणले त्यो टिस्युमा बृद्धि भयो भने मानिस घुर्न थाल्छ । यही टिस्यु र अन्य टिस्यु जस्तै उभ्ला, टन्सिल आदि सास फेर्दा हाम्रो घाँटीको पछाडि कम्पन गर्छ । जसले अवाज पैदा गर्छ । यो प्रक्रिया बेलुनबाट हावा निकाल्दा आउने आवजसँग मेल खान्छ ।

कस्ता मानिस घुर्छन् त ?

यदि मानिसले सुत्नुभन्दा पहिले जाँडरक्सी खायो भने उसको जिब्रोको मोटाइमा केही हदसम्म बृद्धि हुन्छ । सुत्दा पनि त्यो जिब्रो अलिक पछाडि धकेलिन्छ ।

यसले श्वासप्रश्वास स्वतन्त्ररुपमा हुन सक्दैन । त्यही भएर रक्सी खाने मानिस धेरै घुर्छन् । गहिरो निद्रामा परेको बेला पनि कहिलेकाहीँ यस्तो हुने गर्छ । मानिस घुर्नुको अर्को कारण भनेको मानिसको घाँटीको टिस्युमा हुने बृद्धि पनि हो ।

विशेष गरेर मोटो मानिसमा यस्तो समस्या देखापर्छ । त्यही भएर दुब्ला मानिसका तुलनामा मोटो मानिस धेरै घुर्ने गर्छन् । रुघा लागेको वा पिनासको समस्या भएको मानिस पनि घुर्ने गरेका पाइएको छ ।

नाकबाट खुला रुपमा श्वासप्रश्वास हुन नपाएपछि यस्ता समस्याबाट ग्रसित मानिसहरु घुर्न थाल्छन् । कहिलेकाहीँ त नाकमा जम्ने फोहोरको कारणले पनि यस्तो समस्या देखा पर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ५२ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु