‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’ « Khabarhub

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका बताएका छन् । 

शिक्षा दिप कलेज विराटनगर-१० द्वारा आइतबार आयोजित चौथो संस्करणको जलवायु सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्न तीनै तहका सरकार तथा आमजनताबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

विद्यार्थीले अनुसन्धान गरेको विषयलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा पारेर आगामी दिनमा योजना निर्माण गर्ने वनमन्त्री पराजुलीले जानकारी दिइन् । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले विद्यार्थीले प्रस्तुत गरेको शोधहरू राम्रो अनुसन्धान हुनुका साथै यसले परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आगामी दिनमा अनुसन्धान कार्यलाई निरन्तरता दिन कलेजलाई आग्रह गरे । शिक्षा दीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जलवायु परिवर्तनले विश्वलाई भयावह अवस्था बनाएको बताए  । 

कलेजका कक्षा ११ को विज्ञान सङ्कायअन्तर्गत जीव विज्ञान विषयका ४५ विद्यार्थीले १० वटा समूह बनाएर  जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावका सम्बन्धमा अनुसन्धान प्रस्तुत गरेका थिए । विद्यार्थीद्वारा प्रस्तुत विषयमाथि प्राडा शिवकुमार राई र सहप्राध्यापक कुलप्रसाद लिम्बूले मूल्याङ्कन गरेका थिए । 

थोरियम समूहले प्रस्तुत गरेको जलवायु परिवर्तनः कृषि र खाद्य सुरक्षासम्बन्धी प्रस्तुति सर्वोत्कृष्ट भएसँगै नगद रु ३० हजार पुरस्कार प्रदान गरिएका कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए  । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ५० बजे

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक