अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात « Khabarhub

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा २ करोड मूल्यको अपार्टमेन्ट र ललितपुरकै भैँसेपाटीमा ५ करोड मूल्यको घर रहेको छ ।

त्यसैगरी, काभ्रेको धुलीखेलमा ३ करोड ७५ लाख बराबरको अपार्टमेन्ट र आफ्नो गृहजिल्ला तनहुँमा २ करोड मूल्यको घर रहेको उनले स्वघोषणा गरेका छन् ।

यी अचल सम्पत्ति जोड्नका लागि उनले मुख्य स्रोतका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रको रोजगारीलाई उल्लेख गरेका छन् । यसका साथै निजी निवासको बिक्रीबाट प्राप्त रकम, विभिन्न बैंकबाट लिएको ऋण तथा व्यक्तिगत सापटीलाई पनि सम्पत्तिको आधार देखाइएको छ ।

नगद मौज्दाततर्फ अर्थमन्त्री वाग्लेको विभिन्न बैंक खाताहरूमा गरी कुल १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा खुलाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ०१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि