ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात « Khabarhub

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको पाइएको छ। यो सम्पत्ति आफूले पैतृक सम्पत्ति र विवाहका क्रममा प्राप्त गरेको उनले विवरणमा उल्लेख गरेका छन् ।

आर्थिक लगानी र नगद मौज्दाततर्फ मन्त्री श्रेष्ठको विभिन्न बैंक खाताहरूमा कुल ५८ लाख ६४ हजार ६३६ रुपैयाँ जम्मा रहेको देखिएको छ । त्यस्तै, उनको ठूलो लगानी सेयर बजारमा रहेको पाइएको छ ।

विवरणअनुसार उनले विभिन्न कम्पनीको सेयरमा १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ लगानी गरेका छन्। यातायातका साधनतर्फ उनीसँग गाडी, स्कुटर र वातावरणमैत्री विद्युतीय सवारी (इभी) रहेको स्वघोषणा गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : २६ बजे

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।