शिक्षा मन्त्री पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड « Khabarhub

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ बराबर रहेको खुलेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अचल सम्पत्तितर्फ, मन्त्री पोखरेलको नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ तोकिएको छ।

त्यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा (५ करोड रुपैयाँ) र मोरङमा १ कठ्ठा जग्गा (१ करोड रुपैयाँ) रहेको उल्लेख छ। पारिवारिक सम्पत्तिमा पनि उल्लेख्य हिस्सा देखिन्छ।

उनका बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी (करिब साढे २ करोड रुपैयाँ) रहेको छ भने आमा मिनाक्षी पोखरेलको नाममा गोदावरी र गोकर्णेश्वरमा गरी करिब ३ करोड रुपैयाँ बराबरको जग्गा छ। यसबाहेक, परिवारकै नाममा गोदावरीमा ११ रोपनी ४ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ उल्लेख गरिएको छ।

चल सम्पत्तितर्फ, मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ । बैंक मौज्दाततर्फ, सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको छ। त्यस्तै, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ।

सवारी साधनतर्फ, बुवाको नाममा करिब ७० लाख रुपैयाँ पर्ने एक ईभी कार रहेको छ भने मन्त्री पोखरेलको नाममा झन्डै ४० लाख रुपैयाँ बराबरको अर्को कार रहेको छ। यद्यपि, उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि खुलाएका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ४९ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६