शिक्षा मन्त्री पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड « Khabarhub

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ बराबर रहेको खुलेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अचल सम्पत्तितर्फ, मन्त्री पोखरेलको नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ तोकिएको छ।

त्यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा (५ करोड रुपैयाँ) र मोरङमा १ कठ्ठा जग्गा (१ करोड रुपैयाँ) रहेको उल्लेख छ। पारिवारिक सम्पत्तिमा पनि उल्लेख्य हिस्सा देखिन्छ।

उनका बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी (करिब साढे २ करोड रुपैयाँ) रहेको छ भने आमा मिनाक्षी पोखरेलको नाममा गोदावरी र गोकर्णेश्वरमा गरी करिब ३ करोड रुपैयाँ बराबरको जग्गा छ। यसबाहेक, परिवारकै नाममा गोदावरीमा ११ रोपनी ४ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ उल्लेख गरिएको छ।

चल सम्पत्तितर्फ, मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ । बैंक मौज्दाततर्फ, सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको छ। त्यस्तै, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ।

सवारी साधनतर्फ, बुवाको नाममा करिब ७० लाख रुपैयाँ पर्ने एक ईभी कार रहेको छ भने मन्त्री पोखरेलको नाममा झन्डै ४० लाख रुपैयाँ बराबरको अर्को कार रहेको छ। यद्यपि, उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि खुलाएका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ४९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६