कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ? « Khabarhub

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रोचक ढंगले यसको चर्चा भइराखेको छ । धेरै मन्त्रीसँग सयौ तोला सुन भएको खुलेको छ । कतिपयले सुरुमै यत्तिका सम्पत्ति रहेछ भनेका छन् भने कतिपयले पारदर्शी ढंगले मन्त्रीले सम्पत्ति सार्वजनिक गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

सबैभन्दा रमाइलो सम्पत्ति विवरण भने कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको देखिन्छ । उनको पाँच तोला सुन छ भने एक सय तोला चाँदी रहेको छ ।

विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी उनले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश गरेकी छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह
प्रधानमन्त्री वालेन्द्र शाहसकी पत्नी सविना काफ्लेका नाममा १९० तोला सुन रहेको र त्यो पैतृक रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ । शाहको काठमाडौँ, धनुषा र महोत्तरीमा आमाबुबाका नाममा घरजग्गा छ । उनले सामाजिक सञ्जालबाट मात्र १ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
अर्थमन्त्री वाग्लेका नाममा चारवटा घर र अपार्टमेन्ट छन् । उनको सम्पत्तिको मुख्य स्रोत वैदेशिक रोजगारी (अन्तर्राष्ट्रिय संस्थाको जागिर) देखिएको छ । बैंकमा १ करोड ९० लाख मौज्दात र ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ । विभिन्न जलविद्युत् आयोजना र विकास बैंकमा उनको सेयर लगानी छ ।

गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा छ, जुन उनले लगानीबाट जोडेको बताएका छन् । उनका पिता दिलबहादुरका नाममा चितवनमा ३० कठ्ठा र बाजे रामसलका नाममा गोरखाको चुमनुब्रीमा २ सय २१ रोपनी जग्गा छ । गुरुङको सेयर बजारमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी छ । उनीसँग ८९ तोला सुन छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल
मन्त्री खनालका बुबा सूर्यभक्तका नाममा काठमाडौँमा ५ आनाको घर र तनहुँ, नवलपुर एवं नेपालगन्जमा गरी २८ रोपनी २ कट्ठा जग्गा छ । खनालसँग १३ लाख रुपैयाँ नगद र २२ तोला सुन छ । दम्पतीकै नाममा विभिन्न कम्पनीमा सेयर लगानी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ
मन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी छ । वीरेन्द्रभक्त र विकास श्रेष्ठका नाममा घर एवं विभिन्न बैंकमा ६४ लाख ६ सय ३६ रुपैयाँ मौज्दात छ । उनीसँग सवारीसाधन र विभिन्न कम्पनीको सेयर पनि छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम
मन्त्री गौतमको काठमाडौँ र चितवनमा घर छ । श्रीमान्का नाममा काठमाडौँ र सासूका नाममा चितवनमा घर रहेको उनले उल्लेख गरेकी छन् । उनीसँग १० लाख ५० हजार रुपैयाँ नगद मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकबाट ऋण लिएकी गौतमसँग १५ तोला सुन, १ तोला हीरा र ९ तोला चाँदी छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी
मन्त्री बादीको विवरणमा २० वटा कुखुरा र एउटा कुकुरसमेत उल्लेख छ । उनीसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल छन् । दम्पतीका नाममा बैंकमा १५ लाख रुपैयाँ र नगद ५० हजार रुपैयाँ छ । उनीसँग विवाहमा प्राप्त १८ तोला सुन र १५ तोला चाँदी छ । सुर्खेतमा ८९.६५ वर्गमिटर जग्गा उनको नाममा छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल
मन्त्री लम्सालको बैंकमा ९० लाख रुपैयाँ नगद मौज्दात छ । उनीसँग ३० तोला सुन र ५० तोला चाँदी छ । परिवारका नाममा रुपन्देही, नवलपरासी र स्याङ्जामा घरजग्गा एवं खेतबारी रहेको विवरणमा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल
मन्त्री रावलले काठमाडौँको घर श्रीमान्को आयबाट किनेको उल्लेख गरेकी छन् । काठमाडौँ र बारामा जग्गा रहेको उनको २५ तोला सुन र बैंकमा २४ लाख रुपैयाँ बचत छ । उनले ४४ लाखको गाडी र २० लाख रुपैयाँ ऋण देखाएकी छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव
मन्त्री यादवको काठमाडौँ र महोत्तरीमा जग्गा छ । उनीसँग १८० तोला सुन, २ किलो चाँदी र दुई सेट हीराका गहना छन् । विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको उनले जनाएकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता
मन्त्री मेहताको सासूसुसुराका नाममा घरजग्गा छ । उनीसँग ३० तोला सुन र ५० तोला चाँदी छ । बैंक बचत, सेयर र एउटा सवारीसाधन रहेको उनले उल्लेख गरेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल
मन्त्री पौडेलले भाउजु सन्तोषी शर्माका नाममा पोखरामा २ करोड ६० लाखमा खरिद गरेको घर रहेको उल्लेख गरेका छन् । उनीसँग ११ तोला सुन र ५ तोला चाँदी छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना
मन्त्री तिमिल्सिनाले श्रीमतीका नाममा काठमाडौँमा घर रहेको जनाएका छन् । स्वदेश तथा विदेशको पारिश्रमिकबाट घरजग्गा जोडेको उनको भनाइ छ । उनीसँग १० लाख ३४ हजार ३ सय ८६ रुपैयाँ बचत र पैतृक एवं उपहारस्वरूप प्राप्त सुनचाँदी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव
मन्त्री यादवको सप्तरीमा पैतृक घरजग्गा छ । उनीसँग ८० तोला सुन र १५० तोला चाँदी एवं विभिन्न बैंकमा नगद मौज्दात छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ०१ बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ