इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा « Khabarhub

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा आज साँझ साढे ६ बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई २५ हजार प्रदान गरिने छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौँ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ । वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौँ र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ । गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ५१ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित