सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन « Khabarhub

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।   

त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताए ।  

उनले भने, ‘बजार क्षेत्रका सडकपेटीहरुमा लामो समयदेखि फुटपाथ व्यापारीहरूले पेटी कब्जा गर्ने र अवरोध गरी व्यापार–व्यवसाय गर्दै आएकाले पटक पटक यसो नगर्न भन्दा पनि अटेरी गरेपछि बल प्रयोग गर्नभन्दा पहिला राम्ररी सम्झाई–बुझाई गर्न र उनीहरूलाई सचेतना जगाउन प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेका हौँ ।’

नगर प्रमुख फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रुपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरु उपलब्ध गराउने र केही व्यापारीहरुका लागि उपलब्ध गराउँदै आएको नगर प्रमुख बस्नेत बताए ।

बजारको मुख्य सडकपटीमा कपडा, खुद्रा व्यापारदेखि मकै पोलेर बिक्री गर्ने माछा, फलफूलहरू बिक्री गर्ने, जुत्ता चप्पल सहितका व्यापारहरू सडकपेटी कब्जा गरेर पसल सञ्चालन गर्ने गरेको कारण सडकपेटीमा हिँड्नेहरूले सास्ती भोग्नु  परेको  नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : ०४ बजे

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार