सावधान ! महिलालाई यी पाँच क्यान्सरको खतरा उच्च « Khabarhub

सावधान ! महिलालाई यी पाँच क्यान्सरको खतरा उच्च


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

क्यान्सरलाई घातक तथा खतरनाक रोग मानिन्छ । क्यान्सरको नाम मात्र सुन्दा धेरै मानिस तर्सने गर्दछन् ।

अहिले विश्वका धेरै देशमा क्यान्सरका रोगीहरु बढीरहेका छन् । क्यान्सर लाग्दा यसको उपचारको सम्भावना न्युन रहेकाले यसलाई खतरनाक रोग मानिन्छ ।

आज हामी पाँच क्यान्सरको चर्चा गर्दैछौँ । जो महिलाहरूमा बढी मात्रामा जोखिम हुने गर्दछ ।

१. स्तन क्यान्सर

महिलाहरूमा सबैभन्दा धेरै स्तन क्यान्सरको खतरा बढी हुन्छ । यो क्यान्सर स्तनका कोशिकाहरूमा हुने गर्दछ ।

स्तनमा गाँठो हुनु स्तन क्यान्सरको लक्षण हुनसक्छ । यदि यस्तो भएमा तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

२. सर्वाइकल क्यान्सर

महिलाको गर्भाशायमा कोशिकाको अनियमित वृद्धि हुनुलाई सर्वाइकल क्यान्सर भनिन्छ । यस्तोमा गर्भासयको ग्रीवामा संक्रमण हुने गर्दछ । सर्वाइकल क्यान्सर शारीरिक सम्बन्ध बनाउदा एक ब्यक्तिबाट अर्कोमा सर्न सक्छ ।

३. फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सरले धेरै महिलाहरु मृत्युको मुख पुग्ने गरेका छन् । खोकी लाग्नु, टाउको दुख्नु, साँस फेर्न ग्राहो हुनु, खोक्दा रगत आउनु र हनहन्ती ज्वरो आउनु फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हो । फोक्सोको समस्यामा तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

४. ग्याष्ट्रिक क्यान्सर

ग्याष्ट्रिक क्यान्सर हुदाँ पेटको पत्रमा ट्युमर बन्ने गर्दछ । पेट दुख्नु, खाना अपच हुनु, अचानक शरीरको बजनमा कमी आउनु, भोक नजाग्नु ग्यास्ट्रिक क्यान्सरका लक्षण हुन् । यस्तो लक्षण देखा परे ग्याष्ट्रिक क्यान्सर भएको हुनसक्ने भएकाले तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ ।

५. मुखको क्यान्सर

मुख वा गलाको टिस्युमा हुने क्यान्सरलाई मुखको क्यान्सर भनिन्छ । मुखको क्यान्सरमा ओठ, जिब्रो, च्यापु समेत पर्ने गर्दछन् । यो क्यान्सर सूर्ती, चुरोट तथा रक्सीको सेवनले हुने गर्दछ । मुखबाट रगत आउनु, दाँत हल्लिनु, मुख दुख्नु, राता फोका देखिनु मुख क्यान्सरको लक्षण हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : १३ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका