बले चिप्लिँदा सुशीललाई चिठ्ठा « Khabarhub

बले चिप्लिँदा सुशीललाई चिठ्ठा


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको आरोप लगाएपछि नायक सुशील सिटौलाले सोच्दै नसोचेको फिल्म हात परेका छन् । 

९० प्रतिशत छायाङ्कन भइसकेको फिल्म ‘पाँच पाण्डव’बाट बले निकालिएपछि सिटौलाको प्रवेश भएको हो । 

निर्माण पक्षले उनी अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । 

फिल्मका प्रस्तुतकर्ता भन्छन्, ‘हामीलाई एक कलाकारको आवश्यक पर्‍यो । सुशीलालाई लिएका हौं ।’

सुशीलका लागि ‘पाँच पाण्डव’ कल्पना बाहिरको फिल्म हो । छायाङ्कनको अन्तिमतिर पुगेका फिल्ममा अवसर पाउन जो कोहीको कल्पनाको विषय होइन। 

हुन पनि बले बलात्कार काण्डमा नफसेर न निकालिएका भए सुशीलले फिल्म पाउने थिएनन् । बलेका कारण सुशीललाई चिठ्ठा परेको हो । 

सुशीलले अब हरिवंश आचार्य, जितु नेपाल र आर्यन सिग्देल जस्ता सिनियर कलाकारसँग स्क्रिन सेयर गर्न पाउनेछन् । 

यस फिल्ममा महेश त्रिपाठी, दीपाश्री निरौला र सरिता गिरी जस्ता कलाकारको अभिनय रहेको छ । 

काली रानी फिल्मस्को ब्यानरमा बन्ने छायाङ्कनको चरणमा रहेको यस फिल्मको निर्देशक वसन्त निरौला हुन् ।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ५ : ४९ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र