आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह « Khabarhub

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा नकारात्मक र भ्रामक सूचनाहरू फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको समयमा सोही अनुसार मूल्य समायोजन हुने जनाउँदै निगमले हालको जटिल परिस्थितिलाई बुझिदिन उपभोक्ता वर्गलाई आग्रह गरेको छ ।

निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको वित्तीय अवस्था अत्यन्तै नाजुक बनेको जनाएको छ । निगमले जारी गरेको पछिल्लो प्रेस विज्ञप्ति अनुसार निगमलाई आगामी १५ दिनमा मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१, २०२६ मा प्राप्त नयाँ मूल्य सूची अनुसार इन्धनको लागत मूल्य अत्यधिक बढेर आएको निगमले जनाएको छ । निगमका अनुसार हालको बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर ३२.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ७६६.२५ रुपैयाँ घाटा रहेको छ ।

घाटा चुलिए तापनि निगमले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन हरसम्भव प्रयास गरिरहेको दाबी गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : १२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६