अदालतमा आलमको बयान जारी, बहस बिहीबार मात्रै शुरु हुने | Khabarhub Khabarhub

अदालतमा आलमको बयान जारी, बहस बिहीबार मात्रै शुरु हुने


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योगको अभियोग लागेका कांग्रेस नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आदलको दोस्रो दिने अदालती बयान जारी छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा जारी बयानमा आलमले इन्कारी बयान दिएको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका प्रमुख खडिन्द्र कटुवालले जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा कटुवालले भने ‘अहिले बयान जारी छ । अभियोग पत्रमा लगाइएका आरोपको सन्दर्भमा उनले इन्कारी बयान दिएका छन्। आज दिनभरमा बयानको काम सकिन्छ ।’

आलमसँग पुरानो मुद्दाको बया शुरु भएको भन्दै कटुवालले नयाँ विषय पनि थप धेरै भएकाले आज बयानमात्र सकिने तथा बहस शुरु हुने सम्भावना कम रहेको बताए ।

उनले बहस भने भोलि (बिहीबार) मात्र हुने बताए । आज बयान नै नसकिने भएकाले बहस भोलिलाई पुग्ने सम्भावना रहेको कटुवालले बताए ।

उनले भने, ‘सकेसम्म आज बहस सकियो भने भोलिदेखि बहस हुनसक्छ । आलमको पक्षमा भोलि २७ जना वकिलले बहस गर्ने गरी वकालतनामा दर्ता गराएका छन् । सरकारको तर्फबाट महान्याधीवक्ताको कार्यालयका सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलले बहस गर्नेछन् । त्यस्तै जाहेरीवालाका तर्फबाट पूर्वमहान्यायाधीवक्ता युवराज संग्रौलाको नेतृत्वमा ८ जनाले बहस गर्नेछन् ।’

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी र अर्का १ जनाविरुद्ध मतियार बनेको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।

यो मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

मंगलबारदेखि नै आलमको बयान शुरु भएको थियो । तर, आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएपछि बयान बीचमै रोकिएको थियो ।

मंगलबार अपराह्न ३ बजेर २० मिनेटदेखि पुनः सुचारु भएको बयान अदालती समय सकिने लाग्दा विषयबस्तुमै प्रवेश गरेको थिएन ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : १४ बजे

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८

सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ

काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन

क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

काठमाडौं– जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक

दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक

काठमाडौं– बलिउड अभिनेता अभिषेक बच्चनको व्यक्तित्व अधिकारलाई सुरक्षित गर्न दिल्ली उच्च