हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख « Khabarhub

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति विवरणका विषयमा चासो व्यक्त भएपछि त्यसबारे स्पष्ट पारेका छन्। उनले आफ्नो नाममा खासै सम्पत्ति नरहेको र छिट्टै औपचारिक रूपमा विवरण सार्वजनिक गर्ने बताएका छन्।

अध्यक्ष राईले आफ्नो पैतृक सम्पत्ति खोटाङको केपिलासगढी गाउँपालिका–२, चोखाने गाउँमा रहेको जानकारी दिएका छन्। तर उक्त सम्पत्ति अझै पनि आमाको नाममा रहेको र दाजु–दिदीले अंश नलिएको उनले स्पष्ट पारेका छन्।

“मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ। त्यहाँ पाखा, खरबारी, बाँस र उत्तिस घारीसहितको केही खेतबारी छ,” उनले भने, “गाउँको जग्गा भिरालो पाखामा छ, त्यसमा पनि दाजु दिदीहरूले अंश लिनुभएको छैन। मेरो नाममा केही छैन।”

वैदेशिक रोजगारीमा रहँदा केही सुन र नगद जोडेको उल्लेख गर्दै उनले थपे, “वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला र बैंक ब्यालेन्स २–४ लाख रुपैयाँ होला। म यो सबै सार्वजनिक गर्नेछु।”

अध्यक्ष राईले आफ्नो व्यक्तिगत नाममा कुनै ठूलो सम्पत्ति नरहेको दाबी गर्दै पारदर्शी रूपमा जनतासामु विवरण ल्याउने प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ३३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म