दर्शकलाई नयाँ वर्ष उपहार : यी नायिकाहरूले गरे फिल्म दिने घोषणा « Khabarhub

दर्शकलाई नयाँ वर्ष उपहार : यी नायिकाहरूले गरे फिल्म दिने घोषणा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख १ गते अर्थात् नयाँ वर्षको अवसर पारी नायिकाहरूले फिल्म निर्माणको घोषणा गरेका छन् ।

दर्शकलाई नयाँ वर्षको उपहार स्वरुप उनीहरूले फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् ।

नायिका केकी अधिकारी र पूजा शर्माले फिल्म निर्माणको घोषणा गरेका छन् । नायिका प्रियंका कार्की भने साँझ एक कार्यक्रमको आयोजना गरी नयाँ प्रोजेक्टबारे जानकारी दिने तयारीमा छिन् ।

नायिका केकी गत वर्ष नै फिल्म ‘पेट्रोल पम्प’ बनाउने तयारीमा थिइन् । अहिले त्यसको नाम परिवर्तन गरेर ‘स्टेसन’ राखी निर्माण घोषणा गरेकी हुन् । फिल्म ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारती नै यसको निर्देशन गर्नेछन् ।

यस फिल्मको प्रदर्शन मिति भदाै १९ लाई तोकिएको छ ।

त्यस्तै नायिका पूजा शर्माले फिल्म ‘रत्यौली’ बनाउने भएकी हुन् । नायकमा विजय बराल पक्का भएका छन् । मुस्कान ढकालको निर्देशनमा यो फिल्म बन्दैछ ।

नायिका प्रियंका कार्कीले एक फिल्मको सुटिङ पूरा गरिसकिन् । त्यसको औपचारिक जानकारी दिन उनले आज दरबारमार्गका एक कार्यक्रम राखेकी छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ४२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै