ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन « Khabarhub

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ड्युटीकै क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मंगलबार निधन भएको छ ।

आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा आइतबार ड्युटी सकेर घर फर्किँदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँडागाउँ ट्रकले ठक्कर दिएको थियो ।

लामा सवार बा.प्रा ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा. ०३–००१ ख १७१५ को ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उक्त घटनापछि ट्रक चालक मकवानपुरका ३८ वर्षीय आइतराम मोक्तान पक्राउ परिसकेका छन् ।

मृतक लामा ०७२ सालमा प्रहरी जवानमा भर्ना भएका थिए । त्यसपछि उनले सहायक निरीक्षकमा नाम निकाले। मिहिनेती लामाले त्यसलगत्तै खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकको फुली लगाउन सफल भएका थिए ।

लामा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ निवासी हुन् । उनको निधनपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ४० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली