ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन « Khabarhub

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ड्युटीकै क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मंगलबार निधन भएको छ ।

आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा आइतबार ड्युटी सकेर घर फर्किँदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँडागाउँ ट्रकले ठक्कर दिएको थियो ।

लामा सवार बा.प्रा ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा. ०३–००१ ख १७१५ को ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उक्त घटनापछि ट्रक चालक मकवानपुरका ३८ वर्षीय आइतराम मोक्तान पक्राउ परिसकेका छन् ।

मृतक लामा ०७२ सालमा प्रहरी जवानमा भर्ना भएका थिए । त्यसपछि उनले सहायक निरीक्षकमा नाम निकाले। मिहिनेती लामाले त्यसलगत्तै खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकको फुली लगाउन सफल भएका थिए ।

लामा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ निवासी हुन् । उनको निधनपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ४० बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर