किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ? « Khabarhub

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर मात्रै नहुने र के गर्न हुँदैन भन्ने पनि थाहा पाउन जरुरी रहेको बताएका छन् ।

सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिवद्धता पत्रमा पूर्व–पश्चिम राजमार्गको नाम परिवर्तन गर्नेबारे उल्लेख रहेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

‘देश बनाउछु भन्ने नेताले के–के गर्नुपर्छ भन्ने थाहा पाउनु मात्र प्रयाप्त हुदैन, के–के गर्नु हुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरूरी हुन्छ,’ उनले भनेका छन् , ‘बालेन सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिवद्धता पत्र“मा पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामाकरण गरेर दिनु खोजेको सन्देश के हो ? गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ?’

उनले बालेनपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि प्रश्न गरेका छन् । लामिछानेले नयाँ वर्षको रुपमा शुभकामना दिँदा यो वर्ष खिल निकाल्ने वर्ष भएको र पीडा हुन सक्छ भनेकोप्रति किराँतीले टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना सँगै “यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ“ भन्नु भएको थियो । के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?’ उनले सोधेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : १४ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु