परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’ « Khabarhub

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

'परराष्ट्र सम्बन्धमा 'समनिकटता' र 'समदूरी' को अर्थ छैन'


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले हालै तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को दस्ताबेजमा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन् । सरकारले नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरेको भन्दै उनले यसले नेपालको भूराजनीतिक गरिमामा आँच पुर्‍याउने बताएका हुन् ।

सरकारको प्रतिबद्धता पत्रको बुँदा नं. १४ मा रहेको ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षक अन्तर्गत नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने र ‘समनिकटता’ को नीति अवलम्बन गर्ने उल्लेख छ । सोही विषयलाई लिएर ज्ञवालीले सरकारी दस्ताबेजमा भाषिक प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउन सरकारलाई सचेत गराएका छन् ।

ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने उल्लेख गर्दै नेपालले आफ्नो अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको प्रस्ट पारे । “नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्,” ज्ञवालीले भने, “हाम्रा छिमेकीहरूबीच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।”

उनले सरकारले प्रयोग गरेको ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि असहमति जनाएका छन् । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हुनुपर्नेमा जोड दिँदै उनले मुद्दा, साझेदारी र सन्दर्भ अनुसार सम्बन्धका आयाम फरक हुन सक्ने बताए ।

ज्ञवालीका अनुसार सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन सक्ने भएकाले अमूर्त र विवादास्पद शब्दको साटो राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक भाषा चयन गर्नुपर्छ । “सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ,” उनले भने ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : १९ बजे

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी

सिंहदरबारमा सरकारको खारेजी सूचीका कर्मचारी सङ्गठनको मोर्चाबन्दी, बुझाए संयुक्त मागपत्र

काठमाडौं- नेपालका प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा संघीय निजामती

धनुषामा एक पुरुषको शव फेला

धनुषा- धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको