लागूऔषधसहित १३ जना पक्राउ « Khabarhub

लागूऔषधसहित १३ जना पक्राउ


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका– १६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ । क्याथे प्यासेफिकको उडानद्वारा हङकङबाट आएका निजलाई त्रिभुवन अन्तराृष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको दमक नगरपालिका–४ चियादोकानबाट खैरो हेरोइन र नगद १३ हजारसहित सोही नगरपालिका–९ का मनिष श्रेष्ठ, सोही नगरपालिका–९ चियाबगान माछाखाँडीका ३० वर्षीय पपे भन्ने राजु सुनुवार, सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १०८ थान ट्रामाडोल ट्याब्लेटसहित विधित विश्वकर्मालाई पक्राउ गरिएको हो ।

यसैगरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट दुई, सोही उपमहानगरपालिकाको वडा– ७ बाट एक, इटहरी उपमहानगरपालिका–६ बाट एक, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ कुनवार चोकबाट दुई, ललितपुर महानगरपालिका–५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद रु आठ हजार तथा विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरू सोमबार र मङ्गलबार पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : २१ बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त