स्वीस सरकारद्वारा २ अर्ब १० करोड अनुदान | Khabarhub Khabarhub

स्वीस सरकारद्वारा २ अर्ब १० करोड अनुदान


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ ।

अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका दुर्गभ भेगका आठ हजारभन्दा बढी स्थानामा निर्मित झोलुङ्गे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको सङ्ख्यामा १६प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको सङ्ख्या २६ प्रतिशतले बढेको छ । ती पुलका कारण एक करोड ८० लाख सर्वसाधारणलाई सुरक्षित रुपमा नदीनाला वारपार गर्न सजिलो भएको छ । आफ्ना नागरिकलाई आधारभूत सेवासम्मको पहुँच सुनिश्चित गर्न नेपाललाई अझै पनि दुई हजार चारसय झोलुङ्गे पुल आवश्यक पर्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : १८ बजे

एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई

अफगान-पाक युद्धविराम : असहजताबीच सर्वसाधारण घर फिर्दै

काठमाडौं- अफगानिस्तान र पाकिस्तानबीच भएको घातक झडपपछि बिहीबार युद्धविराम लागू

कांग्रेस बैठक शुक्रबार पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि

शीतल निवासमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल