कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन « Khabarhub

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न पार्टीले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । 

पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित आन्तरिक अध्ययन समितिले प्रतिवेदन बुझाएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

आन्तरिक प्रतिवेदनमाथि बैठकमा छलफल सुरु भएको र जाँचबुझ आयोगको प्रतिवेदनमाथि पार्टीको धारणा बिहीबार सार्वजनिक हुने उनले बताए  । साथै उनले पार्टीको सदस्यता व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले पनि महत्त्वपूर्ण काम भइरहेको समेत बताए ।

उनले महाधिवेशनको वातावरण बनाउनको असन्तुष्ट पक्षसँग संवाद गर्ने निर्णय भएको समेत जानकारी दिए । त्यस्तै बैठकले राजनीतिक दलहरूसँग सहकार्य गर्दै एउटै मत बनाउनका लागि संवाद गर्न पार्टीका नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता समिति समेत बनाएको प्रवक्ता चालिसेले बताए । 

बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ भने आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्युरो गठन गरिएको प्रवक्ता चालिसले बताए । 

त्यस्तै बैठकले महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन समिति गठन गरिएको छ । त्यसैगरि १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनका लागि बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकमा समिति समेत गठन गरेको छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ०५ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल