सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने « Khabarhub

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप प्रक्रियालाई अघि बढाउन स्विजरल्यान्ड सरकारबाट अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘सत्य निरुपण मेलमिलाप कोष’का लागि स्वीस फ्रेन्क एक मिलियन बराबरको अनुदान सहयोग प्राप्त गर्ने निर्णय गरेको हो । 

बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उक्त रकम द्वन्द्वकालीन घटनाको छानबिन, सत्य तथ्य उजागर तथा पीडितकेन्द्रित मेलमिलाप प्रक्रियालाई सुदृढ बनाउन उपयोग गरिने जनाइएको छ।

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण र मेलमिलाप प्रक्रियालाई अगाडि बढाउन यो अनुदान महत्वपूर्ण सहयोग पुग्ने सरकारले विश्वास लिएको छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ५० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६