घुस लिएको आरोपमा हवल्दारविरुद्ध आरोपपत्र दायर | Khabarhub Khabarhub

घुस लिएको आरोपमा हवल्दारविरुद्ध आरोपपत्र दायर


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना हवल्दारविरुद्ध आरोपपत्र दायर गरेको छ ।

घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिइएको टोलीले निज मौर्यलाई सेवाग्राहीसँग रु सात हजार घुस लिएको अवस्थामा प्रतापपुर गाउँपालिका–२ स्थित नौलो किराना पसलबाट नियन्त्रणमा लिएको थियो ।

यसैगरी स्थानीय बजारबाट मालसामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपछि पनि सेवाग्राहीसँग भन्सार शुल्कबाहेक रु २० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बिओपी भनजी कैलालीको घुमुवा सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५८ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको