लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा « Khabarhub

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे निर्णय लिन विपक्षी नेपाली कांग्रेससहितको बैठक सिंहदरबारमा बसिरहेको छ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छलफलमा जुटेका हुन् ।

यस बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसी र भीष्मराज आङदेम्बे, एमाले सांसद पद्या अर्याल र गुरु बराल, नेकपाका सांसद वर्षमान पुन र युवराज दुलालसहित जुटेका छन्।

यस बैठकबाट सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार पठाउनेबारे निर्णय हुन सक्नेछ ।

संसदीय नियममा लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिइने गरिएको छ । त्यहीकारण तीन दल छलफलमा जुटेका हुन् ।

अर्कातिर प्रचण्ड बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गत १० मा ९ वटा समितिको नेतृत्व आफैँले लिने योजना बनाएको छ।

अर्कातिर लेखा समितिको सभापति पनि उपसभामुख जस्तै श्रम संस्कृति पार्टीलाई दिन रास्वपा तयार रहेको बताइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १ : १६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप