पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण « Khabarhub

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अनुशासन समितिले दुई नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको अनुशासन समिति बैठकले केन्द्रीय सदस्य नानीमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी लाई ७२ घन्टे स्पष्टीकरण सोधेको हो ।

उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनको मुखमा पार्टीको समानुपातिक सूचीविरुद्ध लागेको र चुनाव नजिकिएका बेला पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेर भ्रम फैल्याएको आरोप लगाइएको छ।

उनीहरूले बागमती प्रदेश सांसद कुमारी मोक्तान, महिला संगठनकी अञ्जु सुवेदीसहित ६ जना नेतामाथि प्रहरी- प्रशासनमा उजुरी दिएको पाइएकोसमेत अनुशासन समितिले जनाएको छ।

समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको विरोध गर्दै आफूहरू अनसन बसेको उनीहरूले बताएका थिए ।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा र खुश्बु ओली लगायतको नाममा असन्तुष्टि जनाउँदै नेताहरूले अनसन बसेका थिए। तर लामा र ओली दुवै समानुपातिक सांसद भइसकेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ४१ बजे

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व