रास्वपा प्रमुख सचेतकमा बुर्लाकोटी, दुई सचेतक नियुक्त « Khabarhub

रास्वपा प्रमुख सचेतकमा बुर्लाकोटी, दुई सचेतक नियुक्त


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ। पार्टीका महामन्त्रीसमेत रहेका बुर्लाकोटीलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

पार्टीले सचेतकमा प्रकाशन परियार र कान कृषिका धिताललाई जिम्मेवारी दिएको जनाएको छ। सामान्यतया एक जना मात्र सचेतक रहने अभ्यास भए पनि रास्वपाले दुई जनालाई उक्त जिम्मेवारी दिएको छ।

प्रकाशन परियार यसअघि विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेका नेता हुन् भने कान कृषिका धिताल टेलिभिजन पत्रकारिताबाट राजनीतिमा आएकी पूर्व सञ्चारकर्मी हुन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाले प्रमुख सचेतकमा सन्तोष परियारलाई नियुक्त गरेको थियो भने सचेतकमा निशा डाँगीलाई जिम्मेवारी दिइएको थियो। हाल सन्तोष परियार पार्टी छाडेर अन्य दलमा आबद्ध भएका छन् भने डाँगी रास्वपामै सक्रिय छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : ०० बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश