रास्वपा प्रमुख सचेतकमा बुर्लाकोटी, दुई सचेतक नियुक्त « Khabarhub

रास्वपा प्रमुख सचेतकमा बुर्लाकोटी, दुई सचेतक नियुक्त


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ। पार्टीका महामन्त्रीसमेत रहेका बुर्लाकोटीलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

पार्टीले सचेतकमा प्रकाशन परियार र कान कृषिका धिताललाई जिम्मेवारी दिएको जनाएको छ। सामान्यतया एक जना मात्र सचेतक रहने अभ्यास भए पनि रास्वपाले दुई जनालाई उक्त जिम्मेवारी दिएको छ।

प्रकाशन परियार यसअघि विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेका नेता हुन् भने कान कृषिका धिताल टेलिभिजन पत्रकारिताबाट राजनीतिमा आएकी पूर्व सञ्चारकर्मी हुन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाले प्रमुख सचेतकमा सन्तोष परियारलाई नियुक्त गरेको थियो भने सचेतकमा निशा डाँगीलाई जिम्मेवारी दिइएको थियो। हाल सन्तोष परियार पार्टी छाडेर अन्य दलमा आबद्ध भएका छन् भने डाँगी रास्वपामै सक्रिय छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : ०० बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।