संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने « Khabarhub

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी महामन्त्री कवीन्द्र बुढाकोटीका अनुसार श्रेष्ठसँगै प्रतिपक्षी दलबाट पनि संयुक्त रुपमा एकजना सभापति बन्ने देखिन्छ ।

पार्टीले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिँदा यो संसदीय सुनुवाइ समितिको सभापतिमा आफ्नो पार्टी र प्रतिपक्षी दलबाट संयुक्त रूपमा अगाडि बढाएको देखिन्छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्कीलाई चयन गरेको छ । कार्कीसँगै यो समिति सभापति प्रतिपक्षीलाई दिइने भएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार संयुक्तरूपमा कार्की र प्रतिपक्षी दलका समिति सभापति रहनेछन् ।

पार्टीले दुईवटा समितिमा संयुक्त रूपमा आफ्नो पार्टी र प्रमुख प्रतिपक्षीबाट संसदीय समितिको सभापति बनाउन लागेको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समितिको सभापति दिँदा संसदीय सुनवाइ समिति र अनुगमन तथा मूल्याङ्कन समितिको सभापति संयुक्त कसलाई दिन्छ भन्ने विषयमा भने खुलाएको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : ३६ बजे

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी