चीनबाट जोखिमपूर्ण वस्तुको आयात बढेपछि ईयू सांसदको गम्भीर चासो « Khabarhub

चीनबाट जोखिमपूर्ण वस्तुको आयात बढेपछि ईयू सांसदको गम्भीर चासो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली युनियन (ईयू) का सांसदहरूले चीनबाट आउने जोखिमपूर्ण वस्तुहरूको वृद्धिलाई लिएर गम्भीर चासो व्यक्त गरेका छन्। आठ वर्षपछि पहिलो पटक चीन भ्रमणमा पुगेको ९ सदस्यीय संसदीय टोलीले बेइजिङमा चिनियाँ अधिकारीहरूसँग यसबारे छलफल गरेको हो । ईयूले हालै आफ्नो भन्सार प्रणालीमा सुधार गर्दै अवैध वा असुरक्षित सामान बेच्ने ई-कमर्स प्लेटफर्महरूमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ ।

विशेषगरी १५० युरोभन्दा कम मूल्यका सामानमा भन्सार छुट दिने व्यवस्थाका कारण चीनका ‘सिएन’, ‘टेमु’ र ‘अलि एक्सप्रेस’ जस्ता कम्पनीहरूको व्यापार ह्वात्तै बढेको छ। ईयूका अनुसार सन् २०२५ मा करिब ५ अर्ब ८० करोड यस्ता ससाना पार्सलहरू युरोप भित्रिएका छन्।

तीमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन्। ईयू प्रतिनिधिमण्डलले चिनियाँ बजार नियामकहरूसँगको भेटमा असुरक्षित सामानको बढ्दो प्रवाह रोक्न माग गरेको छ।

सांसदहरूले सामानको गुणस्तरका साथै जबरजस्ती श्रम, अनलाइनमा नाबालिकहरूको सुरक्षा र चिनियाँ बजारमा युरोपेली कम्पनीहरूको पहुँचका विषयमा पनि कुरा उठाएका छन्। चीनले भने यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिएको छ। यसअघि सन् २०२१ मा मानवअधिकारका विषयमा विवाद हुँदा चीनले केही युरोपेली सांसदहरूलाई कालोसूचीमा राखेको थियो।

अहिले अमेरिका र चीनबीचको व्यापारिक तनाव बढ्दै गएपछि बेइजिङले युरोपसँगको सम्बन्धलाई सन्तुलित बनाउन खोजिरहेको छ। ईयूले भने ठुलो संख्यामा भित्रिने कम मूल्यका सामानहरूको सुरक्षा जाँच र भन्सार संकलनलाई व्यवस्थित बनाउन नयाँ संयन्त्र बनाउँदैछ। दुवै पक्षबीच अनलाइन बजारको उत्तरदायित्व र निष्पक्ष प्रतिस्पर्धाका विषयमा समेत छलफल भएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : २३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल