सरकारसँग यातायात व्यवसायीको माग : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ « Khabarhub

सरकारसँग यातायात व्यवसायीको माग : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न सरकारलाई सचेत गराएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

‘अन्तर्राष्ट्रिय समस्याले इन्धनको मूल्य केही दिनमा ह्वात्तै बढेको छ, यस्तोमा सरकारले ५० प्रतिशत भन्सार कर छुट गरेकोमा त्यसलाई शत प्रतिशत पुर्‍याउन वा अन्य विकल्प खोज्न माग गरेका हौँ ।’ उपाध्यक्ष सिटौलाले भने ।

सरकारले यसअघि २५ चैतमा मात्रै सार्वजनिक यातायात तथा ढुवानीका सवारीको भाडादर समायोजन गरेको थियो । नियमित हेरफेरका क्रममा पछिल्लो भाडादर समायोजन भएकाले इन्धनमा आएको भारी वृद्धिका कारण अहिले फेरि समायोजनको माग गरिएको उनले बताए ।

‘त्यो त निरन्तर हुने वृद्धि हो । त्यो हामीले लामो समयदेखि माग गर्दै आएको विषय थियो । हाल भने इन्धन वृद्धिका कारण यो निर्णय गर्नुपरेको हो ।’ उनले भने ।

तत्काल वैकल्पिक उपाय वा समायोजनमा नगए सेवा दिन नसक्ने भन्दै उनले सरकारलाई चेतावनी समेत दिए । यसबारे बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै फेरि भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

यस्तै, विषम परिस्थितिको मूल्यांकन गर्दै देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

‘नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यसै प्रेस विज्ञप्तिमार्फत जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ४१ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६