पाकिस्तानको कराँचीबाट अर्का एक जना बेपत्ता « Khabarhub

पाकिस्तानको कराँचीबाट अर्का एक जना बेपत्ता


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा बलोच समुदायका व्यक्तिलाई जबरजस्ती बेपत्ता पारिने क्रम अझै रोकिएको छैन । पाकिस्तानको कराँचीस्थित फकिर कोलोनीबाट मीर इकबाल नामका एक व्यक्तिलाई जबरजस्ती बेपत्ता पारिएको परिवारले आरोप लगाएका छन्।

हैदर बलुचका छोरा इकबाललाई गत अप्रिल २ (२०२६) को राति करिब ११:३० बजे उमर बलुच मोहल्लास्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। पीडितका आफन्तका अनुसार पाकिस्तानी गुप्तचर निकाय र कराँची रेन्जर्सका कर्मचारीहरू पर्खाल नाघेर घरभित्र छिरेका थिए।

सो क्रममा सुरक्षाकर्मीले परिवारका सदस्यहरूमाथि कुटपिट गर्नुका साथै उनीहरूको मोबाइल फोन समेत खोसेका थिए। इकबाललाई कहाँ राखिएको छ भन्नेबारे हालसम्म कुनै जानकारी दिइएको छैन।

उनको अवस्था अज्ञात रहेकाले परिवार निकै चिन्तित रहेको जनाइएको छ । परिवारले इकबालको तत्काल रिहाइ र सुरक्षाको माग गर्दै सम्बन्धित अधिकारी तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलाई गुहारेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ४२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको