पर्यटक लोभ्याउने जिरीका चिमाल र गुराँस ! « Khabarhub

पर्यटक लोभ्याउने जिरीका चिमाल र गुराँस !


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा– यतिबेला जिरीका वनजङ्गल मौसमी तथा बेमौसमी गुराँस जातका चिमाल र गुराँस फुलेर ढकमक्क छन् । समुद्री सतहदेखि २२ सय देखि ३५ सय मिटर उचाइसम्म फैलिएको जिरी नगरपालिका क्षेत्रको विभिन्न वन जङ्गल अनेकौँ रङ्गका चिमाल र गुराँस फुल्ने समय करिब सकिन लाग्दा हिजोआज यहाँका गुराँसले प्रसिद्ध ठाउँहरूमा गुराँस फुल्ने र झर्ने चरण चलिरहेको छ ।

जिरीमै गुराँसले प्रसिद्ध मानिने गुराँस पार्क अहिले गुराँस र चिमाल फुलेर ढकमक्क देखिएको छ।गत वर्षको तुलना २५ प्रतिशत कम गुराँस फुलेको यस क्षेत्रमा हिजोआज दैनिक दर्जनौँ आन्तरिक पर्यटक गुराँसको सेतो र रातो जातको फुल हेर्न तथा फोटो भिडियो खिच्न त्यहाँ पुग्ने गरेका छन् ।

नयाँ वर्षको दिन करिब दुई हजार आन्तरिक पर्यटक गुराँस पार्क पुगेपनि अन्य दिन हिजोआज भने दैनिक दर्जन बढी पर्यटक जिरी गुराँस पार्क पुग्ने गरेका छन् । 

सदरमुकाम चरिकोट देखि करिब ३३ किलोमिटर नजिक रहेको उक्त पार्क समुन्द्रीसतहदेखि करिब २८ सय मिटर उचाइमा फैलिएको छ। प्रकृतिको अनुपम सौन्दर्यसँगै वनचरीको सुमधुर आवाज र जिरी नगरले व्यवस्थापन गरेका कृत्रिम संरचनाले गुराँस पार्कको सुन्दरतालाई थप आकर्षक बनाएको छ ।

जिल्लामै विभिन्न जातको लालीगुराँस तथा चिमाल पाइने जिरीको गुराँस पार्क यति बेला रंगीविरंगी फूल फुलेर ढकमक्क भएको छ ।चैत्र वैशाखतिर ढकमक्क गुराँस फुल्दा यहाँको वातावरण निकै मनमोहक हुने गर्दछ ।

जिरी नगरकै प्रमुख पर्यटक क्षेत्रको रूपमा विकास गरिएको गुराँस पार्कमा हिजोआज जिरी राजमार्ग छेउछाउमा राष्ट्रिय फुल रातो लालीगुराँस र माथिल्लो क्षेत्रमा थरथरीका गुराँस र चिमालसँगै मनमोहक वातावरणमा चौँरी र चराचुरुङ्गी चरिरहेको भेटिन्छन् ।उसै त छिनछिनमा मौसम परिवर्तन हुने जिरीमा झन् चैत– वैशाखको पारिलो मौसममा फुलेका यी फुलहरू र पार्क वरपरको सुन्दर दृश्यलाई त्यहाँ पुग्ने पर्यटनले सरप्राइजको रूपमा लिने गर्छन् ।

गुराँस पार्क क्षेत्रमा फुलेका सेतो,रातो तथा अन्य मिश्रित रङ्गका गुराँस र चिमालका रुख बुटासँगै यहाँ ठुलो कृत्रिम पोखरी, ट्रस्टको टहरा, ट्वाइलेट पिकनिक स्पट लगायत पोखरीमा भगवान् शिवको मूर्ति सँगै पिउने पानीको धारा निर्माण गरिएको छ। पार्क निर्माणलाई जिरी नगरपालिकाले लाखौँ लगानी गरेर विभिन्न संरचना निर्माण गरेको छ ।

जिरी नगरपालिकाको ठुलोनागी वन क्षेत्रमा एउटा चौर वरपर थरथरीका विभिन्न रंगीचंगी गुराँस र चिमालका मात्रै बोट रहेका छन् ।
गुराँसपार्कमा मुख्यतया दोलखा आसपास र रामेछापका स्थानबाट आन्तरिक पर्यटक पिकनिक तथा हाईकिङ,क्याम्पिङ सँगै मान्छेहरू गुराँसका फुल तथा स्थानीय सुन्दरताको अवलोकन गर्ने त्यहाँ पुग्ने गर्छन् ।

जिरी नगरपालिका हाटडाँडा हुँदै बुद्ध पार्कबाट जिरी नगरको अवलोकन गरेपछि त्यहीँबाट करिब ४ किलोमिटर बुलडाँडाको उकालो सडक यात्रापछी पार्कमा पुग्न सकिन्छ ।

तस्बिरहरु : सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ६ : २२ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल