सडक मानवमुक्त अभियान सुरु, पहिलो दिन ९ जनाको उद्धार « Khabarhub

सडक मानवमुक्त अभियान सुरु, पहिलो दिन ९ जनाको उद्धार


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान अन्तर्गत उद्धार कार्य सुरु गरेको छ। पशुपति, कालीमाटी र टेकु क्षेत्रबाट पहिलो दिन ९ जनाको उद्धार गरिएको हो।

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलसहित महानगर प्रहरी, नेपाल प्रहरी र मानव सेवा आश्रमको टोली फिल्डमा खटिएको छ। उद्धार कार्य हरेक दिन तीन सिफ्टमा सञ्चालन हुने महानगरले जनाएको छ।

महानगरले बेसहारा, अशक्त र बिरामी व्यक्तिहरूलाई प्राथमिकतामा राखी उद्धार, उपचार र पुनःस्थापना गर्ने तथा शारीरिक रूपमा सक्षम व्यक्तिलाई माग्ने पेशा नियन्त्रण गरिने जनाएको छ।

पहिलो दिन महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल, गायिका आनी छोइङ् डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली रात्रिकालीन सडक सेवाका लागि पशुपति क्षेत्र पुगेको थियो । 

पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी ३ जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय १ जना र ५० वर्षीय एक जना व्यक्ति गरी ६ जनालाई उद्धार गरियो । उनीहरूमध्येका ३ जना सामान्य अवस्थाको छन्। एक जनाले पाइपबाट पिसाब निकाल्न युरिन क्याथेटर लगाएका छन् । एकजनाको बायाँ खुट्टा काटिएको छ । एक जनाले क्षयरोगको औषधि सेवन गरिरहेका छन् । 

पशुपति क्षेत्रपछि सेवाका लागि खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनीहरु दुवैको अवस्था सामान्य छ । 

आज टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ३५ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल