इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’ « Khabarhub

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कले देखाएको छ। हर्मुज भएर हसने वस्तुहरूको शीर्ष निर्यातकर्ता इरान बनेको छ ।

इरान सामान्यतया कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहित सुख्खा थोकजस्ता वस्तुहरूको पाँचौं ठूलो निर्यातकर्ता हो ।

हर्मुज भएर हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा मार्चमा कम्तिमा ९६ प्रतिशतले घटेको छ। इरानको ढुवानीमा पनि २६ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तेहरानको सेनाले हर्मुज घाँटीलाई अवरुद्ध गरेको थियो । त्यसबेलादेखि इरानले अन्य मुलुक सम्वद्ध अत्यधिक न्यून जहाजहरूलाई मात्र पार गर्न अनुमति दिएको छ ।

विश्वको कच्चा तेल र एलएनजीको लगभग २० प्रतिशत हिस्सा सामान्यतया हर्मुज घाँटी हुँदै जान्छ तर युद्धपछि तेहरानले यसलाई अस्तव्यस्त बनाउँदा विश्वव्यापी ऊर्जा सङ्कटको चिन्ता बढाएको छ । विशेष गरी एसियाली देशहरू हालैका हप्ताहरूमा प्रभावित भएका छन् ।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दीले पछिल्ला दिनहरूमा इरानी सेनाले ठप्प पारेको व्यापार मार्गको आवागमनमा थप प्रभाव पारेको देखिन्छ। बहराइन र कुवेतले मार्चमा हर्मुज घाँटी भएर कुनै पनि सामान पठाएनन् ।

सामान्यतया एक प्रमुख एलएनजी आपूर्तिकर्ता कतारले मार्चमा हर्मुजमार्फत केवल ४५ हजार टन ‘ब्यूटेन’ र ‘प्रोपेन’ निर्यात गर्यो तर यो कुनै एलएनजी थिएन । गत महिना ‘स्ट्रेट अफ हर्मुज’ मार्फत पार भएको कच्चा तेलमा इरानको निर्यातको ८१ प्रतिशत रहेको थियो, जुन मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म औसतमा ६२ प्रतिशत थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ९ : ३८ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा