आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।  वैशाख  कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । शिक्षामा मिहिनेतको खाँचो देखिन्छ । साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

वृष : मन शान्त बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । घर व्यवहार गर्दा सचेत बन्नुपर्ने छ ।

मिथुन : बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ । सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।

कर्कट : परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ख्याल गर्नुपर्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । लगानी गरेको भए फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सरस्वतीको स्मरण मात्र गरेमा प्रगति हुनेछ । परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ ।

कन्या : धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुरा भन्दा काम बढी गरेर देखाउनुपर्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । घर व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।

धनु : बोली र व्यवहारमा एकरुपता भएमा आजको काम दीर्घकालीन बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : मनमा खटपटी बढ्नेछ । शिक्षामा गरेको प्रयास ढिला भए पनि सफल बन्नेछ । ठुलो लगानी आफैं गर्दा घाटा हुने भएकाले सहकर्मी वा परिवारको सदस्यको साथ लिएमा फाइदा हुनेछ ।

कुम्भ : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । शनि दशालाई शान्त बनाउन बिहान उठेर गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : १० बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई