ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार « Khabarhub

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

ट्रम्पको लेबनान युद्धविरामले इजरायललाई बनायो अचम्मित


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले इजरायली नागरिकमा संशय र असन्तुष्टि पैदा गरेको छ । युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायलको उत्तरी क्षेत्रमा लेबनानबाट रकेट प्रहार जारी रहँदा सीमावर्ती क्षेत्रका बासिन्दाले सरकारी कदमप्रति प्रश्न उठाएका हुन् ।

बिहीबार साँझ इजरायलको उत्तरी सहर नहारियाको आकाशमा लेबनानी रकेट र इजरायली प्रतिरक्षा प्रणालीबीचको भिडन्तका कारण शृङ्खलाबद्ध विष्फोटहरू भएका थिए । युद्धविरामको सँघारमा भएको उक्त आक्रमणमा छर्रा लागेर तीन इजरायली घाइते भएका छन् ।

स्थलगत रूपमा बुझ्दा इजरायली जनतामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले किन यो सम्झौता स्वीकार गरे भन्नेमा व्यापक असन्तुष्टि देखिन्छ । “सरकारले हामीलाई धोका दिएको महसुस भएको छ,” स्थानीय विद्यार्थी गालले भने, “यस पटक समस्याको दीर्घकालीन समाधान हुने आश्वासन दिइएको थियो, तर फेरि केही उपलब्धि नहुने पुरानै शैलीको सम्झौता दोहोरिएको छ ।”

हेजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्रीकरण नगरी युद्ध रोकिनु इजरायलका लागि प्रत्युत्पादक हुने बुझाइ धेरैको छ । ३२ वर्षीय ट्रक चालक माओरका अनुसार लेबनान सरकारले यसअघिका सम्झौताहरू पालना नगरेको पृष्ठभूमिमा अहिलेको युद्धविरामले सुरक्षाको प्रत्याभूति दिँदैन । “सेनाले महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेका बेला अचानक युद्ध रोकिनु दुर्भाग्यपूर्ण हो,” उनले भने ।

दक्षिण लेबनानमा इजरायली सेनाका पाँचवटा डिभिजन परिचालित छन् । सैन्य प्रवक्ताले अघिल्लो दिन मात्रै सेना अझै अगाडि बढ्ने बताए पनि ट्रम्पको कूटनीतिक दबाबपछि इजरायल पछि हट्न बाध्य भएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : ४१ बजे

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

काठमाडौं– आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौं– दिवङ्गत आमाको सम्झनामा  चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित