स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान « Khabarhub

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसीमा तोकेको हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोगमा मूल्य अनुदानमा सहभागी हुन बीउ उत्पादक तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गरे।

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभागद्वारा उन्नत बीउबिजन उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइँदै आएको छ । अनुमति प्राप्त स्रोत बीउ उत्पादकका हकमा मोटोरमध्यम प्रकृतिका जातका लागि प्रतिकेजी २०, मसिनो प्रकृतिका जातका लागि प्रतिकेजी रु २३ र खुमल शृङ्खलाका जातका हकमा प्रतिकेजी ३४ अनुदान रकम उपलब्ध गराउने विभागले जनाएको छ ।

महानिर्देशक सञ्जेलका अनुसार उन्नत बीउ उत्पादकका हकमा मोटोरमध्यम प्रकृतिका जातहरूका लागि प्रतिकेजी १७, मसिनो प्रकृतिका जातहरूका लागि प्रतिकेजी २२ र खुमल शृङ्खलाका जातहरूका हकमा प्रतिकेजी ३० अनुदान रकम उपलब्ध गराइने छ ।

उन्नत बीउ प्रयोगमा किसानलाई अनुदानका हकमा सबै जातका धानमा कार्यविधिबमोजिम तोकिएको मूल्यको ५० प्रतिशत अनुदान उपलब्ध गराउने विभागले जनाएको छ ।
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ४० बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई