स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान « Khabarhub

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसीमा तोकेको हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोगमा मूल्य अनुदानमा सहभागी हुन बीउ उत्पादक तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गरे।

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभागद्वारा उन्नत बीउबिजन उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइँदै आएको छ । अनुमति प्राप्त स्रोत बीउ उत्पादकका हकमा मोटोरमध्यम प्रकृतिका जातका लागि प्रतिकेजी २०, मसिनो प्रकृतिका जातका लागि प्रतिकेजी रु २३ र खुमल शृङ्खलाका जातका हकमा प्रतिकेजी ३४ अनुदान रकम उपलब्ध गराउने विभागले जनाएको छ ।

महानिर्देशक सञ्जेलका अनुसार उन्नत बीउ उत्पादकका हकमा मोटोरमध्यम प्रकृतिका जातहरूका लागि प्रतिकेजी १७, मसिनो प्रकृतिका जातहरूका लागि प्रतिकेजी २२ र खुमल शृङ्खलाका जातहरूका हकमा प्रतिकेजी ३० अनुदान रकम उपलब्ध गराइने छ ।

उन्नत बीउ प्रयोगमा किसानलाई अनुदानका हकमा सबै जातका धानमा कार्यविधिबमोजिम तोकिएको मूल्यको ५० प्रतिशत अनुदान उपलब्ध गराउने विभागले जनाएको छ ।
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ४० बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल