पाकिस्तानसँगको युद्धका कारण अफगान सीमाका बालबालिकाको सिकाइ प्रभावित « Khabarhub

पाकिस्तानसँगको युद्धका कारण अफगान सीमाका बालबालिकाको सिकाइ प्रभावित


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बारिकोट- पाकिस्तानसँगको युद्धका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका कुनै बालबालिका छैनन् । युद्धका क्रममा विद्यालयमा आक्रमण भएपछि विद्यालय परिसर पनि सुनसान छ । गत फेब्रुअरीको अन्त्यमा द्वन्द्व फैलिएपछि लगभग आठ हजार बासिन्दाहरू सिमावती क्षेत्रबाट भागेको जनाइएको छ । यस क्षेत्रमा प्राथमिक देखि उच्च माविसम्मका विद्यालय रहेतापनि विद्यालय परिसर द्वन्द्वले क्षतिग्रस्त भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार अफगानिस्तानको उत्तरपूर्वी कुनार प्रान्तमा तत्काल पुनर्निर्माणको आवश्यकता पर्ने २२ मध्ये बारिकोट विद्यालय पनि एक हो । युद्धबाट विस्थापित लगभग १२ हजार विद्यार्थीहरूलाई अफगानिस्तानमा सिकाइ कक्षाहरू सञ्चालन गर्न सुरक्षित ठाउँहरू चाहिने ओसिएएचएले रिपोर्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार चिनले वार्ताको मध्यस्थता गर्नुअघि अफगानिस्तानमा सीमा क्षेत्र लगायत देशका अन्य ठाउँमा सयौँ नागरिक मारिएका थिए । पाकिस्तानमा घातक आक्रमण गर्ने पाकिस्तानी तालिबानका आतङ्ककारीहरूलाई अफगानिस्तानले शरण दिएको आरोप इस्लामावादले लगाएको छ । बारिकोटका बासिन्दाहरूले हिंसाको जिम्मेवार इस्लामाबाद भएको जनाएका छन् ।

करिब ९४ हजार भन्दा बढी अफगानहरू युद्धबाट विस्थापित भएको ओसिएचएको तथ्याङ्कहरूले देखाएको छ भने सबैभन्दा बढी कुनार प्रान्तमा छन् । तिनीहरूमध्ये हजारौँ कुनार नदीको किनारमा संयुक्त राष्ट्रसङ्घले सहयोग गरेका तिरपालले बनेको अस्थायी शिविरहरुमा बसिरहेका छन् । नदीको पानी पिउन योग्य नभएको कारण नजिकैको कुवाबाट पानी सङ्कलन गर्न एक घण्टा भन्दा बढी समय लाग्ने उनीहरुले जनाइएका छन् ।

विस्थापित अफगानहरूलाई समर्थन गर्ने नर्वेजियन शरणार्थी परिषद्का प्रवक्ता मैसम सफीले स्थिति डरलाग्दो भएको बताउँदै उनीहरूको तत्कालको आवश्यकता आश्रय, वास ,पानी, सरसफाई भएको उल्लेख गरेका छन् । शिविर रहेको मारवारा गाउँ र प्रान्तीय राजधानी असदाबादमा विद्यालयहरू विस्तापितहरुले भरिएको कुनारका सूचना प्रमुख नजीबुल्लाह हनीफले बताएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ११ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्