पर्यटकलाई आकर्षित गर्दै बराहताल « Khabarhub

पर्यटकलाई आकर्षित गर्दै बराहताल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म ओझेलमा थियो । गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटरको उचाइमा रहेको तालसम्म सडक पुगेपछि पर्यटकको आकर्षण बढेको हो ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको करिब डेढ करोड बढी लगानीमा सडक, खानेपानी, शौचालय, घेराबार, पदमार्ग निर्माणलायत भौतिक पूर्वाधार निर्माण गरिएको छ । एक दशक अगाडिसम्म ताल आसपासका तमानखोला र ढोरपाटनका विभिन्न ठाउँबाट स्थानीय पूजाआजा गर्न जाने गरे पनि अन्य ठाउँबाट पर्यटक आउँदैनथे ।

तर पछिल्लो केही वर्षयता दैनिक पर्यटक आउन थालेको तमानखोला गाउँपालिका–२ का भूमिराज विकले बताए । स्थानीयहरूले वस्तुभाउ चरिचन गर्ने र गोठमा बस्ने गोठालाले पानी भर्ने ठाउँ अहिले पर्यटकीय गन्तव्य बन्दा खुसी लागेको विकले सुनाए ।

दुई वर्ष अगाडिमात्रै मोटरबाटो मुगेको बराहतालमा दैनिक पर्यटक घुम्न आउने उहाँको भनाइ छ । पर्यटक आउन थालेपछि स्थानीय उत्पादनसमेत बिक्री हुन थालेको विकको भनाइ छ । “बराहताल आजभन्दा १० वर्ष अगाडि धेरै ठूलो थियो, अहिले त यति ठूलो छ, पहिला नयाँ वर्षमा फाट्टफुट्ट मान्छेहरू घुम्न आए पनि अरु बेला आउँदैनथे”, विकले भने, “अहिले त दिनहुँजसो पर्यटकको आइरहन्छन्, यस्तो ठाउँमा यति धेरै मान्छे आउलान् भन्ने त लागेको थियो ।”

ताल घुम्न आउने पर्यटकले तमानखोलाको विभिन्न गाउँमा उत्पादन हुने आलु, सिमी, भाँगोलगायत वस्तु किनेर लैजाने गरेको स्थानीय तुलबहादुर छन्त्यालले बताए । यतिबेला ताल वरपरको घना जङ्गलमा गुराँस फुलेको हुँदा रमाउन आउनेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ ।

उनले भने, “नयाँ वर्षका दिन त यहाँ दशौँ हजार मान्छे आउँथे, तर अहिले त नयाँ वर्ष मनाउन अघिल्लो दिनै आएर रातभर जागराम बस्ने, गीत गाउने र रमाइलो गर्ने पर्यटकहरू बढेका छन्, सडकले सहज पनि बनायो, प्रचारप्रसार पनि राम्रोसँग हुँदा पर्यटक बढे ।”

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बराहताललाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । तालको तीव्र प्रचारप्रसार हुँदा आन्तरिकमात्र नभई बाह्य पर्यटकसमेत आउने गरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्षमा पुग्ने पदमार्ग यही ताल क्षेत्रमा पर्ने हुँदा विदेशी पर्यटकको रोजाइमा समेत बराहताल परेको अध्यक्ष बुढामगर बताउँछन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : २० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई